आफ्नो मिर्गौला बिग्रिरहेको छ भन्ने सुरुमा थाहा हुँदैन । जतिबेला थाहा हुन्छ त्यतिबेला मिर्गौला बिग्रिसकेको हुन्छ । र त्यसको उपचार अत्यन्त कठिन बनिसकेको हुन्छ । रोग लाग्नुभन्दा पहिल्यै मिर्गौला जोगाउनेतर्फ ध्यान दिनु उचित हुन्छ ।
मिर्गौला रोग लाग्ने कारणहरु
• टाइप १ वा टाइप २ मधुमेह
• उच्च रक्तचाप
• बारम्बार मिर्गौला संक्रमण (पाइलोनेफ्राइटिस)
• पोलासिट्रिक मिर्गौला रोग वा अन्य वंशाणुगत मिर्गौला रोगहरू
• मिर्गौलाको पत्थरी
मिर्गौला रोगका लक्षणहरू
• अत्यधिक थकान तथा हात खुट्टा सुन्निनु
• वाकवाक लाग्नु र उल्टी हुनु
• बारम्बार पिसाब हुनु
• भोक कम हुनु तथा खानामा धातुको स्वाद आउनु
• मांसपेशी दुखाई
• छाला चिलाउने वा सुक्खा हुनु
दीर्घकालीन मिर्गौला रोगबाट हुन सक्ने जटिलताहरू
• हातखुट्टा सुन्निने
• रगतमा पोटासियमको मात्रा बढ्नु
• रक्तअल्पता
• कमजोर हड्डी हुनु
• यौन उत्तेजनाको कमी
• प्रजनन क्षमताको कमी
• रोग प्रतिरोधात्मक क्षमतामा कमी
• डाइलाइसिस वा मिर्गौला प्रत्यारोपणको आवश्यकता पर्न सक्छ
मिर्गौलाको अवस्था कसरी थाहा पाउने ?
पिसावमा प्रोटिन गएको छैन भने मिर्गौलासम्बन्धी रोग लागेको हुनसक्छ । त्यसैले पिसाव सम्बन्धि समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ ।
यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ । यस्तै अल्ट्रासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला विग्रिएको छ वा छैन पत्ता लगाउन सकिन्छ ।
मिर्गौलाको रोगबाट बच्न वर्षमा एकपटक मिर्गौलाको स्वास्थ्य परीक्षण गरी पत्ता लगाई समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ ।
मिर्गौला बिग्रन नदिन के गर्ने ?
.बिहान उठ्ने वित्तिकै पानी पिउने
.हरेक दिन १० हजार पाइला हिँड्ने
.धेरै गुलियो र मासु नखाने
.धूम्रपान मदिरा सेवन नगर्ने
.नियमित फलफूल खाने
.वर्षमा कम्तीमा एकपटक मिर्गौला जाँच गराउने
.नियमित व्यायाम गर्ने
.मोटोपन हुन नदिने तथा तौल नियन्त्रणमा राख्ने
.कुनै दीर्घरोग छ भने समयमै उपचार गराउने
.बढी चिल्लो चिज तथा फास्टफूड नखाने
मिर्गौला रोगको जोखिम कम गर्न ओभर द काउन्टर औषधिहरू जस्तैः आइबुप्रोफेन, प्यारासिटामोल जस्ता दुखाई कम गर्ने औषधिहरू सेवन गर्दा निर्देशनहरू पालन गर्ने। मिर्गौला रोगको जोखिम बढाउने रोग वा अवस्थाहरू छन् भने तिनीहरुको नियन्त्रणको लागि डाक्टरको परामर्श लिनुहोस् ।