काठमाडौंः स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको छ ।
समितिले आवेदन स्वीकृति भएका १० जनासंग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ ।
समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी र डा रघुराज काफ्लेको नाम सिफारिस गरेको हो ।
सम्भवतः अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको यो प्रस्तावलाई निर्णय गर्नेछ ।
मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.सरोज शर्माले बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी समालिरहेका छन् ।