नसर्ने रोगबारे पत्रकारहरुलाई अभिमुखिकरण

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०८१, आईतवार

नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेले नसर्ने रोगबारे पत्रकारहरुसँग अभिमुखिकरण गरेको छ । जिल्लाका करिव तीन दर्जन पत्रकारलाई आज नेपालगन्जमा बोलाएर अभिमुखिकरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतिकरण अभियानका रुपमा मनाउन निर्देशन गरेसँगै जिल्लामा नसर्ने रोगको पहिचान र निदानका सवालमा कामहरु भइरहेका छन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले नसर्ने रोग भयावह बन्दै गइरहेकाले सचेतना फैलाउन संचारकर्मीहरुलाई आग्रह गरिन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल

उनले नियमित स्वास्थ्य चेकजाँच र खानपानमा विशेष सावधानी अपनाउन आग्रह गरिन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले संचारकर्ममार्फत नसर्ने रोगबारे समुदायस्तरमा सचेतना फैलाउनु पर्नेमा जोड दिए ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठले नसर्ने रोगको अवस्था, नसर्ने रोगको प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरुको स्वास्थ्य चेकजाँच समेत गरिएको थियो ।

केहि तस्बिरहरु :

  • २५ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech