राप्तीसोनारीमा पाठेघरको निःशुल्क क्यान्सर परीक्षण

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०८१, शनिबार

नेपालगन्जः ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँकेको राप्तीसोनारीमा महिलाहरुको पाठेघर सम्वन्धी निःशुल्क क्यान्सर परीक्षण शिविर गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ स्थित त्रिशक्ती सामुदायिक वन उपभोक्ता समुहको आयोजना तथा राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा शिविर गरिएको हो ।

उक्त शिविरमा ८८ जनाको क्यान्सर परीक्षण गरिएको थियो । त्यसक्रममा ३ जनामा क्यान्सरको शंकास्पद लक्षणहरु देखिएको छ । त्यस्तै ३ जनामा पाठेघर खस्ने र एक जनामा बाझोपनको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । शिविरको उद्घाटन समेत गरेका केसीले पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था भयावह बन्दै गएको बताए ।

उनले महिलाहरुको मृत्युको कारक मध्ये पाठेघरको मुखको क्यान्सर पनि प्रमुख रहेको बताए । समयमै नियमित चेकजाँच गरे पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिने उनको भनाइ छ ।

यस्तै नेपाली काँग्रेसका क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले पनि महिलाहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्नेमा जोड दिए । सामुदायिक वनका अध्यक्ष उमा बस्नेतलले महिलाहरुको स्वास्थ्यबारे जागरण ल्याउन शिविर आयोजना गरिएको बताइन् ।

  • २४ फाल्गुन २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech