कामदारको मेडिकल गर्न देशैपिच्छे सिन्डिकेट भयो : नेपाल मेडिकल व्यवसायी संघ

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०८१, बिहीबार

काठमाडौंः नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण (मेडिकल) गर्ने विषयमा देशैपिच्छे जस्तो सिन्डिकेट भएको बताएको छ।

बिहीबार पत्रकारसम्मेलन गर्दै संघले दर्ता भएर सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थालाई सरकारले समान हक अधिकार र खुला प्रतिस्पर्धा तथा लगानीको सुनिश्चतता गर्नुपर्नेमा देशैपिच्छे सिन्डिकेट खडा गरेको बताएका हुन्।

यसले मूल्यमा समेत कार्टेलिङ भएको उनीहरूको आरोप छ। हाल २१२ वटा स्वास्थ्य संस्था वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत छन्। तर मलेसियाका लागि ३६ वटा स्वास्थ्य संस्थाहरूले मात्रै काम गर्दै आएका छन्।

त्यस्तै, गाम्कामा आवद्ध साउदी, बहराइन ओमान जाने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि गाम्का छ। गाम्कामा १९ वटा स्वास्थ्य संस्था मात्रै आवद्ध छन्। कोरिया र इसराइल जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट भएको संघले जनाएको छ।

संघका महासचिव कृष्ण बजगाईंले सरकारले यसरी मुलुकैपिच्छे सिन्डिकेट गर्न नहुने बताए। सूचीकृत सबै मेडिकलहरूले सबै मुलुक जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

  • २२ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech