स्वास्थ्य बिमासहितका कार्यक्रमका लागि तीन अर्ब ८४ करोड निकासा

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०८१, बुधबार

काठमाडौंः सरकारले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप तीन अर्ब ८४ करोड रुपियाँ निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बिमाको रकम भुक्तानी नहुँदा समस्या परेको बताउँदै आएको थियो । स्वास्थ्य मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गरेका हुन् ।

निकासा भएको रकममध्ये स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब रुपियाँ, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपियाँ रहेको छ ।

स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सरोज शर्माले सरकारले तीन अर्ब ८४ करोड रकम भुक्तानी दिएको जानकारी दिँदै असारसम्मको भुक्तानी तत्काल अस्पतालहरूलाई वितरण गरिने जानकारी दिए ।

उनले बिमा बोर्डलाई वार्षिक १६ अर्ब रुपियाँ आवश्यक भएको पनि बताए। उनले स्वास्थ्य बिमाबापतको भुक्तानी रकम सरकारी अस्पताल, सामुदायिक र निजी अस्पताललाई वितरण गरिने बताए।

  • २१ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech