प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०८१, मंगलवार

काठमाडौं: सरकारले प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसद्‌मा लैजाने प्रतिबद्धता जनाएका हुन् ।

मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह (आरएचआरडब्लूजी) सँगको भेटमा मन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रजनन स्वास्थ्य अधिकार कार्य समुहको सचिवालय महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी) समेतले मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पौडेलले छिटो भन्दा छिटो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन विधेयकलाई संसद्‌मा लैजाने प्रतिबद्धता जनाए ।

  • २० फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech