नेपालगन्ज: लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिबमा दुर्गा लक्ष्मी श्रेष्ठ नियुक्त भएकी छिन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले उनलाई सचिबमा नियुक्त गरेको हो ।
श्रेष्ठ भेरी अस्पताल नेपालगन्जमा प्रमुख नर्सिङ प्रशासकको जिम्मेवारी थिइन । उनी स्वास्थ्य सेवातर्फ ११ औं तहकी हुन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा वासुदेव जनार्दन शर्मा उपाध्याय भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएका छन्।