ठूलो आन्द्रा ब्लक भएका बिरामीको कान्ति आरोग्यमा सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ११ फाल्गुन २०८१, आईतवार

नेपालगन्ज: नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा पहिलोपटक जटिल खालको शल्यक्रिया गरिएको छ । ठूलो आन्द्राभित्र ठूलो आन्द्रा छिरेर आन्द्रा ब्लक भएको अस्थामा आएका बर्दिया बर्दिया मधुवन नगरपालिका–८ गणेशपुरस्थित ४१ वर्षीय बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

सामान्यतयाः सानो आन्द्रा ठूलो आन्द्रामा गएर छिर्ने गरेको भएपनि ४१ वर्षीय ती बिरामीमा ठूलो आन्द्रामा ठूलो आन्द्रा नै छिरेको थियो । यसलाई मेडिकल भाषामा Intussusception भनिन्छ । करिव १५ सेन्टिमिटर आन्द्रा काटेर निकालिएको थियो । त्यसपछि पुनः आन्द्रा जोडिएको शल्यक्रियाको नेतृत्व गरेका ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डा.कृष्ण मोहन अधिकारीले जानकारी दिए ।

‘भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलजे बाहेक निजी अस्पतालमा नेपालगन्जमा कान्ति आरोग्य अस्पतालमा गरिएको यो पहिलो शल्यक्रिया हो’ उनले स्वास्थ्य पेजलाई भने । देव्रेतिर साइडको ठूलो आन्द्रा, आन्द्रामा छिरेको थियो । गएको आइतवार राती करिव दुई घण्टा लगाएर शल्यक्रिया गरिएका ती बिरामी आज डिस्चार्ज भएका छन् ।

बिरामीको अवस्था सामान्य रहेको विरामीका दाजु निमलाल लामिछानेले बताए । ती हप्ता अघि निमलाललाई पेट असाध्यै दुखेपछि नेपालगन्ज आएका थिए । नेपालगन्जमा उपचार पनि गरे । तर ठिक हुनुको साटो झनै दुख्न थाल्यो । एक हप्तापछि फेरी उनी नेपालगन्ज आए । डा.अधिकारीलाई देखाए । डा. अधिकारीले ती बिरामीलाई सिटिस्क्यान गर्न लगाए ।

रिपोर्टमा देव्रे तिरको ठूलो आन्द्रा ठूलो आन्द्रामा छिरेर आन्द्रा नै ब्लक भएको अवस्था देखियो । डा. अधिकारीले तत्काल शल्यक्रिया गर्न सुझाए । ‘समयमै रोगको पहिचान भयो र भाइको ज्यान जोगियो लामिछानेले भने–‘ढिला गरेको भए जे पनि हुन सक्थ्यो । अहिले भाइको अवस्था सामान्य छ ।’

डा. अधिकारीको नेतृत्वमा जनरल सर्जन डा.सन्तोष सिर्पाली, एनेस्थेसियामा डा.दिपेन्द्र महासेठ लगायतको टिमले शल्यक्रिया गरेको हो । कान्ति आरोग्य अस्पतालमा पेट सम्वन्धी यस्ता जटिल खालका शल्यक्रियाहरु भइरहेका छन् । कान्ति आरोग्य अस्पतालमा दूरविन प्रविधिबाट हर्नियासँगै पित्तथैली, एपेन्डिक्स, हाइड्रोसिल, पाठेघर लगायतका शल्यक्रिया हुँदै आएको अस्पताल सञ्चालक समेत रहेकी वरिष्ठ बालरोग विशेषज्ञ डा.रोमा वोरा बताउँछिन् ।

त्यसैगरी पाइल्स, फिस्टुला, शरीरका विभिन्न भागको गाँठागुठीको चेकजाँच तथा शल्यक्रिया सेवा दिँदै आएको छ । कान्ति आरोग्य अस्पतालले २४ सैं घण्टा इमरजेन्सी, ल्याव, फार्मेसी सेवा पनि प्रदान गर्दै आएको छ ।

  • ११ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech