एमालेले भन्यो-भेरी अस्पतालकाे आईसियूलाई पूर्ण क्षमतामा संचालन गर

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०८१, शुक्रबार

नेपालगन्ज: पश्चिम क्षेत्रकाे प्रमुख ‘रेफरल’ स्वास्थ्य निकाय भेरी अस्पतालकाे आईसियूलाई पूर्णक्षमतामा संचालन गर्न नेकपा एमालेले माग गरेकाे छ ।

एमाले बाँके निर्वाचन क्षेत्र नंं. २ ले आईसियूलाई पूर्णक्षमतामा संचालन  गराउनका लागि सराेकारवा निकायकाे ध्यानाकर्षण गराउने भएको हाे । बिरामी चाप ह्वात्तै बढेपनि १५ शैयाकाे आईसियू हाल १० शैयामा सीमित छ ।

“जसले गर्दा बिरामीलाई असाध्यै दु:ख भएको छ । पश्चिमकाे आशा,भराेसाकाे केन्द्र भएको हुँदा यसलाई पुर्ण क्षमतामा संचालन गरिनुपर्छ भन्ने हाम्रो माग हाे ।’-  एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नंं. २ का ईन्चार्ज पशुपतिदयाल मिश्रले भने ।

मिश्रका अनुसार के कति कारणले याे पुर्ण क्षमतामा संचालनमा आउन सकेन ? त्यसका बिषयमा अस्पतालसंग जवाफ माग गरिनुका साथै केन्द्रीय निकायसंँग समस्या समाधानका लागि पहल गरिनेछ ।

त्यसकाे तयारीका लागि पशुपति दयाल मिश्रकाे संयाेजकत्वमा भाष्कर काफ्ले, मोहित शाह, सरोज चाैधरी   सहितका सदस्य रहने गरि समिति गठन गरिएको छ ।  याे समितिले पूर्ण क्षमताकाे आइसीयु संचालन गर्नका लागि आवश्यक पहल गर्नेछ ।

  • ९ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech