हात्तीपाइले राेगविरुद्वकाे आम औषधी सेवन कार्यक्रम सुरु

    • स्वास्थ्य पेज

  • ५ फाल्गुन २०८१, सोमबार

नेपालगन्ज: नेपालगञ्जमा हात्तीपाइले राेगविरुद्वकाे आम औषधी सेवन कार्यक्रम सुरु भएकाे छ । जिल्ला समन्वय समितिका संयाेजक ज्ञानेन्द्र चाैधरी, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, मुस्लिम धर्मगुरु माैलाना जब्बार मन्जरीलगायतले खाएर अभियानकाे सुरुवात गरिएकाे हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ बाट अभियानकाे सुरुवात गरिएकाे छ ।

औषधी सेवन अघि आयाेजित उद्घाटन कार्यक्रममा जिसस संयाेजक चाैधरी, मेयर विष्ट, प्रजिअ रिजाल, मुस्लिम धर्मगुरु मन्जरी, डाक्टरत्रय निराजन सुवेदी, राेमन किदवाई र राजन पाण्डेलगायतले सबेले औषधी खाएर हात्तीपाइले राेगका हटाउनु पर्नेमा जाेड दिए । नेपालगञ्जमा याे १४ औं चरणको अभियान हाे ।

नेपालगञ्ज उपमहानगरपालिका पछि डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा पनि अभियान सञ्चालन गरिँदैछ । यी ठाउँमा हरेक वर्षकाे अभियानमा कभरेज कम भइरहेपछि पुनः औषधी सेवन गराउन थालिएको हो ।

नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको औषधी खानेले खाइरहने र नखानेले खादै नखाइदिएपछि पाइएकाे छ ।

एक महिने अभियानमा नेपालगन्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवा गाउँपालिकामा ४२ हजार ३ सय ६९ जना, नरैनापुर गाउँपालिकामा ४२ हजार १ सय ७४ जना र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा ९ हजार ३ सय ६४ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकामा अहिलेसम्म औषधी नै नखाएका १८.४५ प्रतिशत रहेका छन् । नेपालगन्ज, डुडुवा र नरैनापुर गाउँपालिकामा अहिले १.८ प्रतिशत फाइलेरिया रहेको छ ।

नेपाललाई सन् २०२० मा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखिएको थियो । त्यसमा नसकिएपछि अहिले सन् २०३० मा निवारण गर्ने लक्ष्य राखिएको छ । सन् २०३० मा निवारण गर्न सन् २०२५ मा भित्रै आम औषधीको काम सक्नु पर्छ । नेपालगञ्जमा भनेजस्तो सजिलो हुने देखिएको छैन ।

सरकारले एक लाख मानिसलाई औषधी खुवाउदा एक करोड रुपैया खर्च गरिरहेको छ । बिरामी हुँदा त्यही औषधी किनेर खानेहरुले अभियानका क्रममा खाने गरेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले घरघरमा पुगेर औषधी खुवाइने जानकारी दिए ।

  • ५ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech