काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पताल पुगि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार बिहान सो अस्पताल पुगेर राष्ट्रपति पौडेलले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव डा.रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरण किशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।
मन्त्री पौडेल र मेयर आचार्य शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा उडाउन लागिएको बेलुन आगोमा परेर पड्किएपछि घाइते भएका थिए ।