अन्तर्राष्ट्रिय कन्डम दिवस: कन्डमको सही प्रयोग कसरी गर्ने ?

    • संजय कुमार पौडेल

  • १ फाल्गुन २०८१, बिहीबार

असुरक्षित यौन सम्बन्धबाट बच्नका लागि सबैभन्दा भरपर्दो माध्याम हो, कन्डम । चाहे यौन रोगको खतराबाट बच्न होस् वा अनिच्छित गर्भबाट, कन्डम उपयोगी हुन्छ । कण्डम एक पातलो रबरको आवरण होजुन प्राय लेटेक्स, पोलियुरेथेन वा भेडाको छालाबाट बनाइन्छ।(लेटेक्स एलर्जी भएका व्यक्तिहरूका लागि भेडाको छालाबाट बनेका कण्डमहरू पनि उपलब्ध छन्।)

यसलाई यौन क्रियाकलापको क्रममा पुरुषको लिंगमा लगाउने वा महिलाको योनिमा (महिला कण्डम) राख्ने गरी डिजाइन गरिएको हुन्छ। यसले यौन क्रियाबाट उत्पन्न तरल पदार्थहरूको आदान-प्रदान हुन नदिइ अवरोधको रूपमा कार्य गर्छ। कण्डम सुरक्षित यौन सम्पर्कको लागि प्रभावकारी साधन होजसले अनिच्छित गर्भधारण र यौनसङ्क्रमित रोगहरू (STI) बाट जोगाउँछ। यो सहज रूपमा प्रयोग गर्न सकिने, कम लागतमा उपलब्ध हुने र कुनै पनि गम्भीर असर नहुने साधन हो ।

बिश्व स्वास्थ्य संगठनको अनुसार कण्डमले विश्वव्यापी एड्स महामारीमा महत्वपूर्ण प्रभाव पारेको छ, १९९० देखि कण्डमको प्रयोग वृद्धि हुनाले अनुमानित ११७ मिलियन नयाँ एचआईभी सङ्क्रमण रोकिएको देखाउँछन् । सन् २०२० मा, १५–४९ वर्षका वयस्कहरूमा विश्वभर ३७४ मिलियन नयाँ यौनजन्य सङ्क्रमण (STI) भएका थिए, जसमा चार उपचारयोग्य STI हरू सिफिलिस, क्लामाइडिया, गोनोरिया, र ट्राइकोमोनियासिस समावेश छन्, यी मध्ये अधिकांशलाई कण्डोमको सही प्रयोगबाट रोक्न सकिन्थ्यो।

त्यसैगरि Nepal Demographic andHealth Survey (NDHS) २०२२, अनुसार मात्र पैँसठी प्रतिशत (६५%) युवा महिलाहरू र ८८% युवा पुरुषहरूलाई कण्डोमको निरन्तर प्रयोगले एचआईभी सङ्क्रमणको जोखिम घटाउन भन्ने कुरा थाहाछ भने, मात्र १६% युवा महिलाहरू र २७% युवा पुरुषहरूले एचआईभी रोकथामका विधिहरूको विस्तृत ज्ञान राख्छन्। जसले अझै सुरक्षित यौनको लागि कन्डोमकोप्रयोग को बारेमा अझै जनचेतना फैलाउन जरुरी देखिन्छ

फेब्रुअरी १३ का दिन प्रणय दिवसको अबसर पारी विश्वब्यापी रुपमा अन्तर्राष्ट्रिय कन्डम दिवस मनाइने गरिन्छ ।  उक्तदिन कन्डमको सही तरिकाले प्रयोग गरि सुरक्षीत यौन सम्पर्क बारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक क्रियाकलाहरु गरि अन्तराष्ट्रिय कण्डम दिवस मनाउने गरिन्छ ।

संसारभरि यौन संक्रमण पुन फैलिरहेको सन्दर्भमा आफु र आफ्नो यौन साथीलाई जोगाउनु अझ महत्वपुर्ण हुन आउछ। साथै सुरक्षित यौन सम्बन्ध, अनिच्छित गर्भधारण र यौनसङ्क्रमित रोगहरूबाट बच्नकालागि कण्डम सहि तरिकाले सधै प्रयोग गर्नु आवश्यक छ।

तर सहि तरिकाले कसरी प्रयोग कसरी गर्ने ? कन्डम कसरी लगाउने ? यसको सही विधी के हो ? कन्डमको प्रयोगमा हुनसक्ने गल्तीहरु के हुन् ? यसबारे खासै चासो र परामर्श दिइदैन । त्यसैले कतिपयले कन्डमको प्रयोग त गर्छन् तर, त्यसबाट उनीहरुले अपेक्षा गरेजस्तै सुरक्षा भने भइरहेको हुँदैन ।

आखिर कन्डमको प्रयोगमा के कस्ता गल्ती हुनसक्छ त ?

कण्डमको प्याकेट दाँतले खोल्नु

यदि तपाईं पनि कण्डमको प्याकेट दाँत अथवा नङले खोल्नु हुन्छ भने त्यो सही होइन । दाँत अथवा नङले कण्डमको प्याकेट खोल्ने क्रममा तपाईंले कण्डमलाई ड्यामेज (बिगार्न) गर्न सक्नु हुन्छ ।

कण्डम चेक नगर्नु

जहिले पनि कण्डम प्रयोग गर्नु अगाडि चेक गर्नु पर्छ । कहिलेकाहि कण्डम प्रयोग गर्नु अगाडि नै च्यातिएको अथवा प्वाल परेको हुन्छ । यदि त्यस्तो छ भने त्यो कण्डमलाई प्रयोग गर्नु हुँदैन । त्यस्तो कन्डम प्रयोग गर्नुको कुनै अर्थ हुँदैन ।

यौन गतिविधि शुरु भएपछि कण्डम प्रयोग गर्नु

यस्तो गल्ती प्रायः सबै पुरुषहरुले गरिरहेका हुन्छन् । यौन गतिविधि शुरु भएपछि बीचमा उनीहरु कण्डमको प्रयोग गर्छन् । त्यस्तो गर्नाले तपाईं दुबैलाई सेक्सुअल ट्रान्समिटेड डिजीजको खतरा हुन्छ । जहिले पनि यौन गतिविधि शुरु गर्नु अगाडि नै कण्डम प्रयोग गर्नु पर्छ ।

कण्डमलाई दोस्रो पटक प्रयोग गर्नु

यस्तो गल्ती पनि प्रायः धेरै पुरुषहरुले गर्छन् । उनीहरुलाई यदि कण्डममा इज्याकुलेट (स्खलित) गरिएको छैन भने त्यसलाई पुनः दोस्रो पटक पनि प्रयोग गर्दा केही फरक पर्दैन भन्ने धारणा हुन सक्छ । तर यस्तो गल्ति गर्नु हुँदैन । यस्तो गल्तीले तपाईंहरु दुबैलाई इन्फेक्शन हुन सक्छ अथवा कण्डम च्यातियो भने गर्भधारण पनि हुन सक्छ । त्यसैले जुन कण्डम एक पटक प्रयोग हुन्छ, त्यसलाई दोस्रो पटक प्रयोग गर्नु हुँदैन ।

एक्सपायरी डेटको जाँच नगर्नु

यदि तपाईंले पुरा प्याकेट कण्डम किन्नु भयो र त्यसको प्रयोग गर्नु भएन अथवा त्यसबाट एउटा–दुईवटा प्रयोग गरेर त्यसलाई त्यसै राख्नु भयो । धेरै दिनपछि त्यसलाई निकालेर त्यसको मिति परिक्षण जाँच नगरी प्रयोग गर्नु भयो । तर त्यसको समय सकिएका कारणले त्यसले तपाईंलाई आवश्यक सुरक्षा दिन सकेन भने तपाईं इन्फेक्शनको शिकार हुन सक्नु हुन्छ । त्यसैले यस्तो गल्ती गर्नु हुँदैन ।

(पौडेल ए.एच.एफ नेपालका कार्यक्रम संयोजक हुन् ।)

  • १ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech