स्वास्थ्यमन्त्री पौडेल नेपालगन्ज आउँदै

    • स्वास्थ्य पेज

  • ३० माघ २०८१, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नेपालगन्ज आउने भएका छन् । उनी फागुन ५ गते नेपालगन्ज आउन लागेका हुन् । हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको सुभारम्भ गर्न उनी नेपालगन्ज आउन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य पेजलाई जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा यो पटक पनि औषधि खुवाउने कार्यक्रम चल्दैछ । यहाँका केही समुदायका नागरिकहरुले औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनु पर्ने यो अभियान १४ वर्षदेखि जारी छ । जसका कारण हात्तिपाइले रोग निवारणमै चुनौति थपिएको छ । औषधि खानेले खाइरहने र नखानेले नखाइदिने गरेका कारण अभियान प्रभावकारी हुन सकिरहेको छैन ।

औषधिप्रतिको गलत बुझाइ र भ्रमका कारण हात्तिपाइले रोग निवारण चुनौतिपूर्ण बनेको छ । स्वास्थ्य मन्त्री पौडेलकै उपस्थितिमा यो अभियान प्रभावकारी ढंगबाट अगाडि बढोस् भन्ने उद्देश्यका साथ फागुन ५ गते मन्त्रीलाई बोलाइएको कार्यालय प्रमुख शाहीले बताउँछन् । फोकलपर्सन दुर्गा गौतमका अनुसार आमऔषधि सेवन कार्यक्रमलाई फलदायी बनाउन समुदायस्तरमा सचेतनाका कार्यक्रमहरुलाई प्रभावकारी गराइएको छ ।

  • ३० माघ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech