राकम आधारभूत अस्पताल अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाउने

    • स्वास्थ्य पेज

  • २९ माघ २०८१, मंगलवार

नेपालगन्जः सरकारले दैलेखको राकम कर्णालीमा निर्माणको अन्तिम चरणमा पुगेको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राकमको आधारभूत अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गरी प्रतिष्ठानले सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले मन्त्रिपरिषद बैठकले दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं। ४ राकमस्थित आधारभूत अस्पतालको सम्पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिने निर्णय भएको जानकारी दिए। उनले यो निर्णयसँगै त्याहाँबाट स्वास्थ्य सेवा संचालन गर्ने काम प्रतिष्ठानले अगाडि बढाउने बताए।

‘करिब ९ लाख जनसंख्या ओगट्ने कर्णालीको केन्द्रबिन्दु दैलेखको राकममा बनेको आधारभूत अस्पतालको स्तरवृद्धि गरी ५० शय्यामा सञ्चालन गर्ने योजना प्रतिष्ठानको रहेको छ उपकुलपति डा रावलले भने, ‘यस निर्णयले प्रतिष्ठानको विकास र विस्तारसँगै कर्णालीका नागरिकले सहज रुपमा सेवा पाउने छन्।’
प्रतिष्ठानको शैक्षिक र शिक्षण अस्पताल जुम्लाको खलंगामा रहेको छ।

  • २९ माघ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech