भुरीगाउँमा ४६ जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • १६ माघ २०८१, बुधबार

पवन जायसवाल ।
गुलरियाः बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा शहिद दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ आयोजत रक्तदान कार्यक्रममा १९ जना महिला र २७ जना पुरुष गरी ४६ जनाले रक्तदान गरेका छन् । १३ औंं पटक ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग÷समन्वयमा आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, स्वयंसेवी रक्तदाता रक्तदान गरेका हुन् ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, शतक रक्तदाता गोपी नाथ बैश्य, उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सचिव श्यामलाल थारु प्रतिकले प्राविधिक होमराज गिरीलाई रगत संकलन पाकेट हस्तान्तरण गरी उद्घाटन गरेको ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवालीले बताए ।ठाकुरबाबा नगरपालिका वार्ड नं. १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख लम्साल, उप प्रमुख बीना कुमारी भट्टराईले समेत रक्तदान गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख लम्साल र उप–प्रमुख बीना कुमारी भट्टराईले नेपालगन्ज–६ निवासी शतक रक्तदाता गोपी नाथ बैश्य, बाँके र बर्दिया जिल्लामा महिलामा सबै भन्दा बढी रक्तदान गर्ने नेपालगन्ज–१० निवासी सरिता ज्ञवालीलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका होमराज गिरी, सुनिल थापा, महेश दहित, प्रभुदयाल गोडिया, समी चौधरी, सुमित्रा ओली र जानकी शर्माले प्राविधिकमा सहयोग गरेका थिए ।

  • १६ माघ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech