नेपालगन्जः पहिले-पहिले मोटाउनुलाई निकै गर्वको विषय मानिन्थ्यो। अहिले मोटाउनु मानिसका लागि अभिसाप बन्न थालेको छ। मोटोपना धेरै रोगहरुको कारण हुनसक्छ । बैज्ञानिक तथ्यहरुको आधारमा मोटोपनालाई आजभोलि एउटा रोग नै मानिन थालिएको छ । मोटोपनाले उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलका साथै ह्दयाघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु निम्त्याउन सक्छ ।
मोटोपना भनेको शरीरको तौल बढ्ने हो। नेपालीमा मोटोपना विशेष गरेर शरीरभरि भन्दा पनि पेटमा बढेको देखिन्छ। अव्यवस्थित जीवनशैली र खानपानको उपहार हो मोटोपना र पेटको बोसो। अस्वस्थ जीवनशैली र खानपानले कयौं प्राणघातक रोग निम्त्याउन सक्छ। कति मानिसहरू आफ्नो शरीरको तौल बढी भएपनि खासै वास्ता गर्दैनन् । कतिले स्वास्थ्य परीक्षण गराउन पनि जाँदैनन् । मोटोपनाले कतिपय अवस्थामा ज्यानै पनि लिन सक्छ ।
धेरैलाई खानामा सन्तुलन नमिलाउने मोटोपना हुने गर्छ । मोटोपना घटाउन व्यायामको साथै खानपानमा पनि ध्यान दिनु पर्छ । कुनै-कुनै रोग लागेको अवस्थामा वा मोटोपनाका कारण समस्या भएका चिकित्सकको सल्लाह लिनुपर्छ । कसैलाई हर्मोनका कारण पनि मोटोपना हुन सक्छ । व्यवहारिकतामा मोटोपनाका प्रमुख कारणहरु खाने बानी, शारीरिक गतिविधिमा कमी र वंशानुगत कारण नै हुन् ।
मोटोपनाका कारण लाग्ने रोगहरु
- उच्च रक्तचाप
- मधुमेह
- हृदयघात
- कलेजोमा बोसो (फ्याटी लिबर)
- उच्च कोलोस्टोर
- मस्तिष्कघात (ब्रेन ह्यामरेज)
- घुर्ने वा निद्रामा सास रोकिने समस्या
- दम
- स्वासप्रश्वासमा असर
- बाँझोपन समेत निमत्याउन सक्छ
मोटोपना घटाउन के गर्ने ?
- चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा नखाने ।
- रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखाने ।
- प्रशस्त मात्रामा पानी पिउने।
- एकै पटक धेरै खाने थोरै-थोरै खाने।
- गुलियो खानेकुरा (चक्लेट, गुलियो पेय पदार्थ आदि) कम खाने।
- सागसब्जी र फलफूलमा बढी खाने।
- खाना खाइसकेर सुत्ने जस्ता बानी नगर्ने ।
- बढिभन्दा बढि पैदल हिँड्न प्रयास गर्ने ।
- नियमित कसरत गर्ने ।
- खाना भन्दा नास्तालाई बढि पौष्टिक बनाएर खाने ।
- बेलुकी खाना खाइसकेपछि कम्तीमा सय कदम हिँड्ने।
- सकेसम्म सुत्नुअघि २९३ घन्टा पहिले नै खाना खाने।
- स्लीम राख्न दहीले पनि निकै मद्दत गर्छ ।
- मध्यपान तथा चुरोट र सुर्तीजन्य पदर्थको सेवन नगर्ने।
- आइरनबाट भरपुर चिजहरु जस्तै स्याउ र मूला खाँदा शरीरमा ताकत प्राप्त हुन्छ ।