सन्दीप लामिछानेको शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ९ माघ २०८१, बुधबार

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया भएको छ। क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधबार शल्यक्रिया भएको हो।

अस्पतालका प्रबन्धक डा अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो।

लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘यस अस्पतालको शल्यचिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो।

उहाँको शल्यक्रिया शल्यचिकित्सक डा दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ विज्ञप्तिमा भनिएको छ।क्रिकेटर लामिछानेको उक्त शल्यक्रिया केही समय पहिले नै गर्न चिकित्सकहरुले सुझाव दिएका थिए। तर, व्यस्तताका कारण उनले शल्यक्रियाका लागि समय निकाल्न सकेका थिएनन्।

के हो हर्निया ?

पेटभित्रका अंग फुलेर बाहिर गाँठोजस्तो देखिने समस्यालाई हर्निया भनिन्छ । पेटको मांसपेशीकमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । उक्त प्वालबाट पेटभित्रको बोसो आन्द्रा सुन्निएर आउँछ र गाँठो जस्तो देखिन्छ ।

हर्नियाको उपचारमा ढिलाइ भएमा बिस्तारै आन्द्रा कुहिन सक्ने चिकित्सकहरु बताउँछन् । हर्निया शरीरको विभिन्न भागमा धेरै किसिमको हुन सक्छ ।

  • ९ माघ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech