चिसोको सकसः नेपालगन्जमा आजदेखि तीन दिन विद्यालय बन्द

    • स्वास्थ्य पेज

  • ९ माघ २०८१, बुधबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरुमा जाडो विदा दिएको छ ।

चिसो अत्याधिक बढेपछि आजदेखि तीन दिन नगरभित्रका सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताए ।

चिसोसंगै शीतलहर पनि चलेकाले पठनपाठनमा समस्या देखिनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखेर नगर प्रमुखको आदेश अनुसार माघ ९ गतेदेखि ११ गतेसम्म तीन दिन नगरका सम्पूर्ण विद्यालयमा बिदा दिइएको थापाले बताए ।

केही दिन यता बाँकेमा निरन्तर शीतलहर चलेर जनजीवन निकै प्रभावित भएको छ । चिसोले नागरिकको दैनिकी कष्टकर बनेको छ ।

  • ९ माघ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech