पाठेघरको मुखको क्यान्सर के हो, क्यान्सर भएपछि पनि बच्चा जन्माउने सम्भावना हुन्छ ?

क्यान्सर हुने मुख्य कारण भाइरस नै हो । भाइरस हुँदैमा क्यान्सर हुने सम्भावना हुँदैन । तर लामो समय भाइरस रहिरह्यो भने क्यान्सरको सम्भावना बढी हुन्छ ।


    • स्वास्थ्य पेज

  • ६ माघ २०८१, आईतवार

पाठेघरको मुखको क्यान्सर के हो ?
यो स्तन क्यान्सरपछि दोस्रो धेरै हुने क्यान्सर हो । यसलाई ‘सर्भाइबल क्यान्सर’ भनिन्छ । यो विशेषगरी एसपीपी डिएनए भाइरसका कारणले हुन्छ ।

क्यान्सर हुने कारण के हुन् ?
मुख्य कारण भाइरस नै हो । भाइरस हुँदैमा क्यान्सर हुने सम्भावना हुँदैन । तर लामो समय भाइरस रहिरह्यो भने क्यान्सरको सम्भावना बढी हुन्छ । शारीरिक सम्बन्ध भइसकेका महिलालाई मात्र यो क्यान्सर हुने गरेको छ । भाइरससँगै अन्य कारणमा मद्यपान र धूम्रपान हो । यसका साथै असुरक्षित यौन सम्पर्क गर्ने र एचआइभी संक्रमण भएका महिलामा यो क्यान्सर बढी देखिन्छ

क्यान्सरसम्बन्धी जनचेतना कत्तिको छ ?
सहरी क्षेत्रमा जनचेतना बढ्दो छ । समय–समयमा परीक्षण गरी आफ्नो स्वास्थ्यको जानकारी लिने अवस्था छ । यसका लागि समय–समयमा एसपीपी डिएनए, प्याट टेस्ट गराइरहेको अवस्था छ । तर ग्रामीण भेगमा भने महिलामा समस्या नभएसम्म स्वास्थ्य परीक्षण गराउने चलन छैन । लजाउने वा रोग लुकाउने परम्पराले क्यान्सर बढ्ने सम्भावना रहन्छ ।

यसका लक्षणहरू के–के हुन् ?
व्यक्तिपिच्छे यसका लक्षण फरक हुन्छन् । सबैलाई एकैप्रकारको लक्षण हुन्छ भन्न सक्ने अवस्था हुँदैन । कतिपय अवस्थामा लक्षणबिना नै क्यान्सर देखिन्छ । यसका मुख्य लक्षणहरूमा सेतो पानी र महिनावारीमा बढी रगत बग्ने हुन्छ ।

कुन उमेर समूहकालाई बढी देखिएको छ ?
यो यौन सम्पर्क भएका महिलामा मात्रै देखिने क्यान्सर हो । जुनसुकै उमेर समूहका महिलालाई संक्रमण देखिन्छ । ४०, ५० देखि ६५ वर्षका महिलालाई यो क्यान्सर बढी देखिएको छ ।

रोकथामका उपाय के हुन सक्छन् ?
यसलाई पूर्णरूपमा रोकथाम गर्न सकिँदैन । तर समयमै स्वास्थ्य परीक्षण गराए केही हदसम्म रोक्न सकिन्छ । जति चाँडो परीक्षण भयो, त्यति छिटो निर्मूल पार्न सहज हुन्छ ।

क्यान्सर भएपछि पनि बच्चा जन्माउने सम्भावना हुन्छ ?
यसमा क्यान्सरको अवस्था हेरेर योजना बनाउन सकिन्छ । सुरुवात छ भने पाठेघरको मुखलाई थोरै काटेर (लिप मार्फत) बच्चा बनाउन सकिन्छ । यो उपचार पद्धतिमार्फत पाठेघर नै नफाली निरन्तर परीक्षणमार्फत बच्चा जन्माउन सकिन्छ ।

  • सरिता खाइजु
    प्रसूति तथा स्त्री रोग विशेषज्ञ, ह्याम्स अस्पताल

  • ६ माघ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech