स्वास्थ्य शाखा प्रमुख ठकुरी कोहलपुर निजामति कर्मचारी युनियनको अध्यक्षमा चयन

    • स्वास्थ्य पेज

  • ४ माघ २०८१, शुक्रबार

कोहलपुरः बाँकेको कोहलपुर नगरपालिकामा नेपाल निजामति कर्मचारी युनियनको दोस्रो अधिवेशनले अनिलसेन ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका ठकुरीको अध्यक्षतामा शुक्रबार नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा बखत बहादुर कार्की र घटना शाह, सचिवमा प्रकाश खत्री, सहसचिवमा लोकेन्द्र बुढा र कोषाध्यक्षमा ऋषि धिताल सर्वसम्मत भएका छन् । यसैगरी सदस्यहरुमा हरि बहादुर वली, तिलक आचार्य, तारा बहादुर खत्री, हरि कृष्ण थारु, शिला गौतम, लक्षिराम नेपाली र सविता चौधरी  रहेका छन् ।

सो क्रममा कोहलपुर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष समेत रहेका कार्यवाहक नगर प्रमुख एव्म काँग्रेस कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विक, नेपाल निजामति कर्मचारी संघ बाँकेका अध्यक्ष उद्धब श्रेष्ठ लगायतका अथिति सहित कोहलपुुर नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । यसअघि हरि वलीको अध्यक्षतामा नगर स्तरीय समिति रहेको थियो ।

  • ४ माघ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech