नेपालगन्जः बर्दियाको गेरुवामा दशौं राष्ट्रिय योग दिवस मनाइएको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मुख्य नाराका साथ गेरुवा-६ मनाउ आयुर्वेद औषधालयको आयोजना दिवस मनाइएको हो ।
गेरुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण गोपाल चौधरीको अध्यक्षतामा भएको दिवसमा योगको महत्व, आवश्यकता र जीवनमा पर्ने सकारात्मक प्रभावका बारेमा डा. सन्देश अधिकारीले सहजीकरण गरेको औषाधलयका प्रमुख डा.शिवराज सुवेदीले जानकारी दिए ।
पछिल्लो समय योगप्रतिको धारणा सकारात्मक बन्दै गएको छ भने योग गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । योगको महत्व र आवश्यकताबारे आम नागरिकहरुलाई जानकारी हुन थालेपछि योगप्रतिको रुचि मानिसहरुमा बढ्दै गएको हो ।