केयूको भीसी प्रकरणमा सर्वोच्चको आदेश- प्रक्रिया रोक्नुपर्ने कारण देखिएन

(केयू) मा मेडिकल डाक्टरहरूले उपकुलपतिमा आवेदन दिन नपाउने


    • स्वास्थ्य पेज

  • २८ पुष २०८१, आईतवार

काठमाडौंः काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकल डाक्टरहरूले उपकुलपतिमा आवेदन दिन नपाउने भएका छन् । उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए । तर, आइतबार अदालतले अन्तरिम आदेश जारी नुहने फैसला गरेपछि डाक्टरहरूले उपकुलपतिका लागि आवेदन दिन नपाउने भएका हुन् ।

‘प्रधानन्यायाधीशको बेञ्चमा थियो । अन्तरिम आदेश जारी भएन । प्रक्रिया रोक्नु पर्ने कारण देखिएन भनियो,’ केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्राडा सुविन्द्र कार्कीले भने, ‘अदालतको आदेशलाई सम्मान गर्छौं । थप छलफल गरेर अगाडि बढ्छौँ ।’

उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा असहमति जनाउँदै डाक्टरहरू अदालत गएका थिए । कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने भनिएको छ । यो व्यवस्थामा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिने डाक्टरहरूको भनाइ छ ।

उपकुलपतिका लागि आवेद दिने समय आजै सकिएको छ । १० दिनको समय दिएर १८ माघमा आवेदन खुलाइएको थियो । ६ माघदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो ।

  • २८ पुष २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech