काठमाडौंः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ। दाङबाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएकाको उपचारका लागि कोष र प्रतिष्ठानबीच सम्झौता भएको हो।
प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुको उपचार अबदेखि प्रतिष्ठानमा हुने गरी सम्झौता गरीएको बताए।
सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुको सामान्य उपचारदेखि अप्रेसनसम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुनेछ।
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारी बीच सम्झौता गरीएको हो।
दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा ५ हजार बढि व्यक्ति आवद्ध छन्। कोषमा आवद्ध व्यक्तिहरुको उपचार गर्ने गरी सम्झौता गर्ने देशैभरीको प्रतिष्ठानहरुमध्ये राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो भएको लम्सालले जानकारी दिए।