नेपाल चिकित्सक संघ भेरी शाखामा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    • स्वास्थ्य पेज

  • २२ पुष २०८१, सोमबार

नेपालगन्जः नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगन्जको नयाँ नेतृत्व चयन भएको छ । डा.रुपानन्द अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत डा. रमेश कुमार श्रेष्ठले बताए ।

उनका अनुसार संघका उपाध्यक्ष डा.संकेत कुमार रिसाल, सचिवमा डा.प्रचण्ड गौतम चयन भए । त्यसैगरी डा. विजय उपाध्याय सह-सचिव, कोषाध्यक्षमा डा.राहुल मिश्र र सह-कोषाध्यक्षमा अजय वैश्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा.रोशन कुमार यादव, डा.राहुल कुर्मी, डा.बसन्तराज न्यौपाने, डा.रत्नमणी सुवेदी र डा.लक्ष्मण सिक्देल निर्विरोध भएका छन् । डा.विनोद थापाको कार्यकाल पूरा भएपछि सर्जन डा. अधिकारीको नेतृत्वमा भेरी शाखामा नयाँ नेतृत्व चयन भएको हो ।

 

  • २२ पुष २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech