नेपालगन्जः विस्तृत क्रिटिकल केयर नर्सिङ कोर्स (सिफोरएन) को समापन गरिएको छ । क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा वेस्टर्न हस्पिटल नेपालगन्जले नर्सहरुलाई लक्षित गरेर पाँच हप्ते सिफोरएन कोर्षको आयोजना गरेको थियो । शुक्रबार नेपालगन्ज गणेशमान चोक नजिकै रहेको नेपाल चिकित्सक संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी कोर्षको समापन गरिएको हो । ‘पाँच हप्ताको यो कोर्ष नर्सहरूलाई क्रिटिकल केयर सम्बन्धी सीप र विशेषज्ञता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो’– अस्पताल निर्देशक डा. कल्पना थापा भनिन् ।
उनले क्रिटिकल केयर सेवालाई थप प्रभावकारी गराउन यो कोर्षले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिन् । ‘यो कोर्स हाम्रो क्षेत्रको क्रिटिकल केयर सेवालाई सुदृढ बनाउने दिशामा एक महत्वपूर्ण कोसेढुंगा हो उनले भनिन्–‘यसले नर्सहरूलाई उन्नत सीप र आत्मविश्वास प्रदान गर्दै स्वास्थ्य सेवामा उत्कृष्टता कायम गर्न मद्दत पुर्याएको । जसले असंख्यक व्यक्तीहरु जीवन बचाउन सहयोग गर्नेछ ।’
यो कार्षमा नर्सहरुलाई क्रिटिकल केयरको सैद्धान्तिक ज्ञान, व्यवहारिक सीप र केसमा आधारित सिकाइको समन्वय गरी गहनरुपमा जानकारी प्रदान गरिएको छ । त्यसैगरी जटिल क्रिटिकल केयर केसहरूको व्यवस्थापन, अत्याधुनिक उपकरणहरूको प्रयोग र प्रमाणमा आधारित अभ्यासबाट बिरामीको स्वास्थ्य सुधार गर्ने विशेषज्ञता पनि सिकाइएको वेस्टर्न अस्पतालकी नर्सिङ निर्देशक सन्दीपा शाक्यले बताइन् ।
कार्यक्रममा वेष्टर्न अस्पतालका आईसीयू इन्टेन्सिभिस्ट डा. पारश पाण्डे, प्रशिक्षक कावेरी थापा लगायतले आआफ्नो धारणा राखेका थिए । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा निर्देशक डा.रेशम बहादुर रानासहित चिकित्सक, स्वास्थ्यकर्मी लगायतको सहभागिता उक्त कार्यक्रममा सिफोरएन कोर्षमा उत्कृष्ट र सहभागि सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।