नेपालगन्जः के तपाईका बालबालिकालाई एउटै रोग बल्झिरहेको छ ? एउटै रोग बल्झिरहनु घातक हुन सक्छ ।
लामो समयदेखि यस्तै रोगको पहिचान, उपचार र निदानमा संलग्न बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई बालबालिकालाई एउटै रोग बल्झिरहनुलाई घातक हुन नसक्ने चेतावनी दिन्छन् ।
बालबालिकामा बढ्दो उमेरसँगै थुप्रै शारीरिक, मानसिक परिवर्तन देखापर्छन्। यही क्रममा कतिपय बच्चामा आनीबानी, हाउभाउ, जीवनशैलीमा केही असहज लाग्ने लक्षण देखिन सक्छन्।
त्यस्ता केही समस्या क्षणिक हुन्छन् भने कुनैलाई विशेष सल्लाहको जरुरत पर्न सक्छ। तीमध्ये अधिकांश सामान्य समस्या हुने भए पनि यसले अभिभावकमा धेरै चिन्ता हुन सक्छ।
बारम्वार विरामी भइरहने र रोग पत्ता नलागेका (क्यान्सर रोग) बाहेकका बालबालिकाहरुको परामर्श सेवा प्रदान गर्नका लागि नेपालगन्जस्थित केयर सिटी अस्पतालले बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराईलाई नेपालगन्जमा बोलाएको छ ।
नेपालका एकमात्र डिएम बाल इम्युनोलोजिष्ट तथा न्युमाटोलोजिष्ट डा. भट्टराईले आज र भोलि केयर सिटीबाट सेवा दिने अस्पातलका म्यानेजर सन्तोष शाहले जानकारी दिए ।
बालबालिका र किशोर किशोरीमा अनावश्यक औषधिको प्रयोगले गर्ने हानी र सही औषधि कसरी छनोट गर्नेलगायतका विषयमा समेत डा.भट्टराईले परामर्शसँगै उपचार सेवा प्रदान गर्नेछन् ।