ब्रिनोज कान स्याहारको चिकित्सक टोलिले सल्यानको दार्मामा कान स्वास्थ्यको गर्दै छ उपचार

    • स्वास्थ्य पेज

  • १८ पुष २०८१, बिहीबार

नेपालगन्जः सल्यानको दार्मा गाउँपालिकाका विभिन्न वडामा निःशुल्क कान स्वास्थ्य शिविर सुरु भएको छ । दार्मा गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना तथा ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा वडा नं.१ को दार्माकोट स्वास्थ्य चौकीमा शिविर भएको हो । शिविरमा १७८ जनाले सेवा लिएको वरिष्ठ कान सहायक चिकित्सक तथा ब्रिनोज कान स्याहार केन्द्रका आउटरिच इन्चार्ज भिषण कुमार थारुले जानकारी दिए ।

थारुसँगै अर्का कान सहायक चिकित्सकले बिरामीहरुको कान चेकजाँच गरेका थिए । यसअघि मंगलवार दार्मा गाउँपालिका वडा नं.५ स्थित ढाकाडाम स्वास्थ्य चौकी र बुधवार वडा नं. ४ स्थित भन्चौर स्वास्थ्य चौकीमा शिविर गरिएको थियो । ढाकाडाममा १६१ र भन्चौरमा १४१ जनाले सेवा लिएका थिए ।

तीन ठाउँमा भएको शिविरमा ४८० जनाको कान चेकजाँच गरिएको आउट रिच इन्चार्ज थारुले बताए । उनका अनुसार सेवा लिनेमा पुरुष भन्दा महिला धेरै थिए । ३०२ जना महिलाले सेवा लिँदा पुरुष भने १७८ जना थिए ।

कान चेकजाँच गरिएकामध्ये ४३ जनालाई शल्यक्रियाका लागि रिफर गरिएको छ । त्यसैगरी ११८ जनामा कान पाक्ने समस्या देखिएको छ । शुक्रबार दार्मा गाउँपालिकाको वडा नं.३ स्थित दार्मा आधारभूत स्वास्थ्य सेवा थुम्केसल्लीमा शिविर आयोजना गरिएको छ ।

  • १८ पुष २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech