नेपालगन्जः स्वास्थ्य पेजकर्मी समिरमान श्रेष्ठ सम्मानित भएका छन् । क्रिसमस डेको अवसर पारेर नेपालगन्ज एफ जि टी चर्चले स्वास्थ्य पेज डटकममा आवद्ध श्रेष्ठलाई सम्मानित गरेको हो ।
उनीसँगै भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ र धम्वोजी माविका प्रअ बामदेव सुवेदीलाई पनि सम्मानित गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुण कुमार चौधरी र पाष्टर रमेश भण्डारीले दोसल्ला ओढाएर उनीहरुलाई सम्मानित गरेका थिए ।
समिरलाई पत्रकारिताका क्षेत्रबाट, दुर्गालक्ष्मीलाई स्वास्थ्य क्षेत्रबाट र बामदेवलाई शिक्षाक्षेत्रमा योगदान पुराएवाफत सम्मानित गरिएको नेपालगन्ज एफ जि टी चर्चले जनाएको छ ।