‘माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार’ का संस्थापक बैरागीको निधनप्रति दुःख ब्यक्त

    • स्वास्थ्य पेज

  • ११ पुष २०८१, बिहीबार

नेपालगन्जः नेपाल पत्रकार महासंघ बाँके शाखाले शाखामा स्थापित ‘माधवी स्वास्थ्य पत्रकारिता अक्षयकोष पुरस्कार’ का संस्थापक/दाता गोपाल बैरागीको निधनप्रति दुःख ब्यक्त गरेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० शितलनगर बस्दै आएका बैरागीको निधनले बाँके शाखा स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ । सचिव कृष्ण वलीद्वारा जारी शोक बक्तब्यमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । ६६ बर्षको उमेरमा मंसिर ३० गते बैरागीको निधन भएको पत्रकार समेत रहेका उनका भाई सुदिप अधिकारीले बताए । उनी केही बर्षदेखि पिसाब नलीको क्यान्सरबाट पीडित रहेको अधिकारीले जानकारी दिए । उनका दुई छोरा छन् ।

May be an image of text

स्वास्थ्य क्षेत्रमा कलम चलाउने दुई जना पत्रकार (बाँके/बर्दिया) लाई बैरागीकी पत्नी स्वर्गीय माधवी शर्माको स्मृतिमा पुरस्कृत गर्ने उद्देश्यका साथ ‘माधवी स्वास्थ्य पत्रकारिता अक्षयकोष पुरस्कार’ स्थापना गरिएको हो । यसैबीच नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरी आज शितलनगरस्थित बैरागीको निवासमा पुगेर भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । चौलागाई शाखा अध्यक्ष हुँदा उक्त अक्षयकोष स्थापना गरिएको थियो ।

  • ११ पुष २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech