काठमाडौं: नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो ।
बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार पंकीपक्स पोजेटिभ देखिएको थियो ।मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ ।
साथै, यसको निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेछ ।
मंकीपक्सबाट बच्न के गर्ने ?
– संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेशनमा राख्ने
– संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्य मापदण्डहरू पालना गर्ने
– घाउसँग प्रत्यक्ष सम्पर्क हुने जोखिम भए पन्जा लगाउने
– नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने
– संक्रमित व्यक्तिका लुगा तथा सामानहरू तातो पानी साबुन र डिटर्जेन्टले धुने
– मंकीपक्सको पुष्टि भइ मरेका जनावरको सम्पर्कमा नजाने
– संक्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने
– संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने
– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
– फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्ने