कर्मचारी आन्दोलनमा उत्रिएपछि आज नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा बन्द

    • स्वास्थ्य पेज

  • ३ पुष २०८१, बुधबार

नेपालगन्जः तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले आज ओपिडी सेवा बन्द गर्ने भएका छन् ।  लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका उनीहरुले आज ओपिडी सेवा बन्द गर्ने भएका हुन् ।

आज र भोलि दिउँसो १ बजेदेखि आधा दिन ओपीडी र शैक्षिक कार्यक्रमहरू पनि बन्द गरिएको आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले जानकारी दिइन् । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए ।

कर्मचारीले उठाएका उक्त मागहरु पूरा गर्ने सवालमा अस्पताल प्रशासन सराकात्मक नदेखिएपछि मङ्सिर २६ गतेबाट कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । मेडिकल कलेजका कर्मचारी आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाहमा असर पर्न थालेको छ ।

नेपालगन्ज मेडिकल कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्मा संस्था घाटामा चहिरहेकाले अहिले नै कर्मचारीको तलब वृद्धि गर्ने माग पूरा गर्न सकिने अवस्था नरहेको बताउँछन् । हाल नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब ११ सय कर्मचारी कार्यरत छन् ।

  • ३ पुष २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech