९६ जनाको मोतिबिन्दुको शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ३० मंसिर २०८१, आईतवार

नेपालगन्जः दैलेखको भैरवी गाउँपालिकामा निशुल्क आँखा शिविर गरिएको छ । उक्त शिविरमा ९६ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग, फत्तेबाल आँखा अस्पतालको प्राविधिक सहयोग र भैरवी गाउँपालिकाको आयोजनामा शिविर भएको हो ।

शिविरमा आएका बिरामी मध्ये ९६ जनामा मोतिबिन्दुको समस्या देखिएपछि नेत्ररोग विशेषज्ञ डा.देवराज भारती नेतृत्वको टोलिले शल्यक्रिया गरेको हो ।

नेपाल नेत्र ज्योति संघबाट नीशा बम तथा भैरवी गाउँपालिकाको तर्फबाट शम्सेर बिष्टको सहभागिता रहेको उक्त शिविर वडा नं. ३ को देउती आधारभूत विद्यालयमा भएको हो ।

  • ३० मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech