नेपाल नर्सिङ संघमा प्राध्यापक चन्द्रकला शर्माको प्यानल निर्वाचित

    • स्वास्थ्य पेज

  • ३० मंसिर २०८१, आईतवार

काठमाडौं: नेपाल नर्सिङ संघमा प्राध्यापक चन्द्रकला शर्माको प्यानल नै निर्वाचित भएको छ । २०औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

शर्माको निकटतम प्रतिस्पर्धी गङ्गा कुमारी थापाले १ हजार ३७० मत मात्र प्राप्त गरिन्। अध्यक्ष पदकै अर्को उम्मेदवार वसन्ती थापाले २८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी भएका छन् । सुब्बाले २ हजार ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कल्पना श्रेष्ठ जोशीले १ हजार ५९७ मत प्राप्त गरिन्।

यस्तै उपाध्यक्षमा मनीषा कोइरालालाई पराजित गर्दै बबिता घिमिरे निर्वाचित भएकी छन् । संघको महासचिवमा डा.देवका कुमारी आचार्य, सचिवमा वेली पौडेल र कोषाध्यक्षमा तुलसादेवी अधिकारी निर्वाचित भइन् ।

संघको नयाँ कार्यसमिति चयनका लागि २८ गते शुक्रबार निर्वाचन भएको थियो ।

अन्य पदमा को को निर्वाचित भए हेर्नुहोस्

  • ३० मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech