नर्सिङ सहितका स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन

    • स्वास्थ्य पेज

  • २९ मंसिर २०८१, शनिबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तोके सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई यस्तो निर्देशन दिएको हो ।

विभिन्न मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूबाट नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक लगायतका सुविधामा अन्याय भएको भनी गुनासो आएको उल्लेख गर्दै मन्त्रालयले तोकिएको समयभन्दा बढी कामको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न समेत आग्रह गरेको छ ।

यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थाले ज्यालादारीमा काम गराउन नपाउने, सम्झौता गरी राख्नु पर्ने, सक्कल शैक्षिक लब्धांक पत्रहरू कार्यालयले राख्न नपाउने तथा कार्यानुभवको पत्र प्रदान गर्नु पर्ने पनि उल्लेख गरेको छ ।

यसका साथै मन्त्रालयले नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन पर्ने बताएको छ ।

 

  • २९ मंसिर २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech