नेपाल नर्सिङ संघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन

    • स्वास्थ्य पेज

  • २८ मंसिर २०८१, शुक्रबार

काठमाडौं: नेपाल नर्सिङ संघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनका लागि देशभरका विभिन्न जिल्ला र स्थानमा गरि २० वटा मतदान केन्द्र तोकिएको संघको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार मतदाताले तोकिएका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्नेछन् । निर्वाचनमा खासगरी दुई समूहबीच प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । केही पदमा भने बागी र स्वतन्त्र उम्मेदवारी समेत परेको छ ।

संघको निर्वाचनमा प्रगतिशील प्यानल र संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर उम्मेदवारहरुले उमेदवारी दिएका छन्। निर्वाचनमा प्रगतिशीलका तर्फबाट चन्द्रकला शर्मा र पेशागत तर्फ गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । अध्यक्षमै बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् ।

नेपालगन्ज आसपासका नर्सहरुले भेरी अस्पताल, नेपालगन्जमा मतदान गर्नेछन् । भेरी अस्पतालमा रहेको मतदान केन्द्रमा मतदान सुरु भईसकेको नेपाल नर्सिङ संघ बाँकेका उपाध्यक्ष सुमन गिरीले जानकारी दिईन् ।

सुर्खेत आसपासका लागि प्रदेश अस्पताल सुर्खेत, जुम्लाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान , यस्तै रोल्पामा जिल्ला अस्पताल रोल्पा र सेती प्रादेशिक अस्पताल धनगढीमा पनि मतदान केन्द्र तोकिएको छ।

 

  • २८ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech