एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना भए खबर गर्न मन्त्रालयको अपिल

    • स्वास्थ्य पेज

  • २८ मंसिर २०८१, शुक्रबार

काठमाडौं: एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आग्रह गरे । त्यस्ता सूचना मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स(ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने जानकारी गराईएको छ ।

स्वास्थ्य मन्त्रालयले हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको भन्दै ध्यानाकर्षन भएको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिएका छन्

राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।

हेर्नुहोस् मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ती

 

  • २८ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech