धनगढी: धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालको भारतको दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ ।
अस्पतालको न्युरोइन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा उनको उपचार भइरहेको उनका भाई श्याम हमालले जानकारी दिएको हमालको सचिवालयले जनाएको छ । भाई श्याम हमालका अनुसार अहिले उनको आवश्यक प्रयोगशाला जाँचहरू भइरहेको र प्रयोगशालाका रिपोर्टहरू आएपछि आगामी उपचार प्रक्रिया निर्धारण गर्ने चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भएका हमाललाई थप उपचारका लागि शनिबार दिल्ली लगिएको थियो ।