मैनापोखरमा ६ जना महिला सहित ७० जनाद्वारा रक्तदान

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०८१, शनिबार

गुलरियाः बर्दियाको मैनापोखरमा ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ ३३ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी लगायत ६ महिला ६४ जना पुरुष सहित गरी ७० जनाले उत्साहका साथ रक्तदान गरेका छन् । बढैयाताल गाउँपालिका मैनापोखर बर्दिया र अपाङ्गता समन्वय समिति बढैयातालको संयुक्त आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बढैयाताल समिति, उद्योग वाणिज्य संघ बढैयाताल, सहकारी सञ्जाल बढैयाताल, सामुदायिक बन महासंघ बढैयाताल, खानेपानी महासंघ बढैयाताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयाताल, शिक्षक महासंघ बढैयाताल, प्याबसन बढैयाताल, पालिका स्तरीय युवा सञ्जाल बढैयाताल, बर्दिया अपाङ्ग पुर्नस्थापन केन्द्रको सहकार्य-समन्वयमा आयोजना गरिएको थियो ।

बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी, उप–प्रमुख लक्ष्मी कुमारी अधिकारीले रगत संकलन गर्ने पाकेट प्राविधिक सुनील रत्गैया, महेश दहित, हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । बढैयाताल गाउँपालिका मैनपोखरको परिसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेमप्रसाद लम्साल, बारबर्दिया नगर समिति अध्यक्ष गंगाराम पाठक, बढैयाताल समितिका अध्यक्ष कृष्ण बिक र प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द रेग्मीको सहभागितामा रक्तदान सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रममा बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी १८ औं पटक, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछाने १९ औं पटक, अपांगता समन्वय समिति बढैयातालका अध्यक्ष दलबहादुर सुनार ६ औं पटक, रक्तक रक्तदाता पवन जायसवाल १०२ औं पटक, ईलाका प्रहरी कार्यालय बढैयातालका प्रमुख प्रहरी निरीक्षक राजेश साहू १३ औं पटक, प्रसनि दिनेश भण्डारी २ पटक, प्र.ह. राज कुमार थारु, टोपेन्द्र साउद, प्र.ज. गीता केसी, शिव प्रसाद आचार्य, राज कुमार थारु, तुलाराम चौधरी, पशुपति ज्ञवाली, रमेश पौडेल, प्रज राजेश प्रसाद पासी, प्रज गोबिन्द बिक, बाबुराम पौडेल, दिपक खनाल, पे्रम बहादुर रोका, अर्जुन वाग्ले, परशुराम थारु, शोब बहादुर थापा, सागर खत्री, नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयातालका कोषाध्यक्ष दिपक प्रसाद दाहाल, शिक्षक चर्तुभुज रेग्मी, माधव भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बढैयाताल समितिका कृष्ण बहादुर बिक ७ औं पटक, युवराज पौडेल, बिमल मगर, चिरञ्जिबी पौडेल, माधुराम थारु, नन्द बहादुर बस्नेत, अनिल पाठक, सूर्य भट्टराई, अजय कुमार पाठक, दिनेश्वर सिंह चौधरी, दिलिप कुमार थारु, नयन श्रेष्ठ, पवन श्रेष्ठ, कन्नबीर नेपाली, सन्तोष सार्की, राजेश पन्त, कृष्ण प्रसाद अिधकारी, कृतेष जैसी, शेषकान्त धिताल, बिराल थारु, गम बहादुर परियार, कृष्ण बुढाक्षेत्री, धिरन सुनार, दुर्गा केसी, कमल खत्री, सन्तोष भण्डारी, बढैयाताल गाउँपालिका महिला बिकास शाखाकी साबित्री कुमारी चौधरी, रोहन तिवारी, अमर थारु, ओम प्रकाश बिक, रघुवेन्द्र प्रताप प्रजापति, दिपेन्द्र गैरे, बिमला रिजाल, लक्ष्मी कुमाल, सन्तोष सापकोटा, पुकार पुन, अन्जु केसी, जीवन बिक, यम बहादुर बराइली, गोबिन्द शाह, सम्झना पौडेल श्याम चौधरी लगायत महिला पुरुष गरी ७० जनाले रक्तदान गरेका थिए ।

यसैगरी सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य प्रेमप्रसाद लम्सालले बर्दिया जिल्लाभरिका साथै विभिन्न जिल्लामा रक्तदान कार्यक्रम गराउन शुरुआत गरेको ठूलो योगदान रहेको छ । सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द रेग्मी, सोमप्रकाश सापकोटा, सुनील रत्गैया, महेश दहित, केशरसिंह डाँगी, बीरेन्द्र योगीले प्राविधिकमा र अन्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय सदस्य नेत्रप्रसाद सापकोटा, शिक्षक चतुर्भुज रेग्मी, नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयाताल सभापति मोहनलाल रेग्मी, पालिका स्तरीय युवा सञ्जाल बढैयाताल स्वयंसेवक स्वस्तिका खडका लगायतले कार्यक्रममा सहयोग गर्नु भएको थियो भने कृष्णसार बिद्या निकेतनका शिक्षक शिक्षिकाहरुले पनि रक्तदान गरेका थिए प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताएका छन् ।

  • २२ मंसिर २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech