सिभिल अस्पताल कार-टी सेल ल्याब र बीपीमा बोनम्यारो प्रत्यारोपणमा चीनले सघाउने

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०८१, बुधबार

नेपालगन्जः प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणका क्रममा स्वास्थ्यका तीन प्रस्तावमा सहमति भएको छ। दुई पक्षीय हस्ताक्षर पत्रमा उल्लेख भएअनुसार सिभिल अस्पतालमा कार टी सेल ल्याब निर्माणका लागि चिनले सघाउनेछ।

भनिएको छ, ‘चिनको मेडिकल टिमले सिभिल अस्पताललाई नयाँ उपचार सेवाको केन्द्र बनाउन सघाउनेछ। चिनको सहयोगमा क्यान्सर उपचारका लागि कार-टी सेल ल्याब बनाउन समेत अध्ययन गरिनेछ।’

468916014_10237082542030200_3765354415601535130_n-1733285844.jpg

त्यस्तै बीपी कोइराला क्यान्सर अस्पतालमा चिनले बोनम्यारो प्रत्यारोपणमा सहयोग गरिरहेको कुरा पनि दुई पक्षीय सम्झौतामा समेटिएकझो छ। चिन र नेपालले परम्परागत उपचार पद्धतिमा गरिरहेको सरसहयोग पनि नवीकरण गरिएको छ।

  • १९ मंसिर २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech