नेपालगन्जः डा समिरआचार्यको नेतृत्वमा राष्ट्रिय चिकित्सक संघ लुम्बिनी गठन गरिएको छ । चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो महाधिवेशनले डा आचार्यको नेतृत्वमा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरेको हो ।
संघको उपाध्यक्षमा डा. रमेश भट्टराई र डा. पुष्पराज रिजाललाई चयन गरेको छ । यस्तैमहासचिवमा डा. सम्राट पराजुली, कोषाध्यक्षमा डा अमृता पाण्डे, उपसचिवमा डा कीर्तिपाल सुवेदी चयन भएका छन् ।
यस्तै सदस्य डा युधिष्ठिर राज खडका, डा खगेन्द्र आचार्य, डा अरुण ज्ञवाली, डा राजेन्द्र पौडेल, डा बिनोद सिंह, डा परिधि भट्टराई, डा कृष्ण खरेल, डा सुवास शर्मा, डा संगीता अधिकारी, डा बिशाल काफ्ले र डा जितेन्द्र कोईराला चयन भएका छन् । यस्तै सल्लाहकारहरूमा डा प्रश्यिचीत श्रेष्ठ, डा गोकर्ण राज पन्थी, डा सन्तोष पोखरेल, डा किशोर बञ्जाडे चयन भएका छन् ।