एड्सबारे सचेतना फैलाउन नेपालगन्जमा ओपन कन्सर्ट, करण परियारले सांगितिक प्रस्तुति दिने

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०८१, शनिबार

नेपालगन्ज: विश्व एड्स दिवसको अवसरमा नेपालगन्जमा ओपन कन्सर्ट हुदैछ । सांस्कृतिक कार्यक्रमका माध्यमबाट एड्सका बारेमा सचेतना फैलाउन कन्सर्ट गर्न लागिएको एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलले जानकारी दिए ।

यस प्रकारको कार्यक्रमबाट मासलाई सचेत गराउन सकिने भएको हुँदा ओपन कन्सर्ट गर्न लागिएको हो । नेपाल आइडल करण परियारको उपस्थितिमा स्थानिय बिपी चोकमा आईतबार बेलुका सास्कृतिक कार्यक्रम हुनेछ । कार्यक्रममा गायक परियारसँगै डान्सरहरु र स्थानिय ब्यान्डको समेत प्रस्तुति रहनेछ ।

त्यसअघि दिवसको अवसरमै जनचेतनाको लागि र्‍याली निकालिदैछ । आइतबार बिहान भेरी अस्पतालबाट जनचेतनामूलक प्ले कार्ड सहित सचेतनामुलक र्‍याली निकालिने स्वास्थ्य कार्यलय बाँकेका प्रमुख अंगत बहादुर शाहीले बताए ।

स्वास्थ्य कार्यालय बाँके लगायत विभिन्न संघ सस्थाको आयोजनामा हुने कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबैमा अपिल समेत गरेको छ ।

  • १५ मंसिर २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech