नेपालगन्जः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेलाई सह प्राध्यापकको जिम्मेवारी दिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषदको मंसिर २ गतेको बैठकले डा.पाण्डेलाई सह प्राध्यापकको जिम्मेवारी तोकेको हो ।
भेरी अस्पतालमा अर्को वर्षदेखि पिजी कार्यक्रम संचालन हुने भएपछि प्रतिष्ठानले प्राध्यापकको जिम्मेवारी तोक्न थालेको हो ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.पाण्डे सिकलसेल एनिमिया र थालेसिमिया रोगका विज्ञ चिकित्सक हुन् ।