चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०८१, आईतवार

काठमाडौं: चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै छ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह पीजी को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला आज आयोगको बैठक बस्न लागेको हो ।

तर आजको बैठकको एजेण्डामा भने पीजी भर्नाको विषय उल्लेख छैन । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे आयोगको बैठक बस्न लागेको हो।

यस्ता छन् बैठकका एजेण्डा

आयोगको बैठकका एजेन्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस लगायतका विषय रहेको बुझिएको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन, चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृति, छात्रवृत्ति पाएका तर बीचमै पढाइ छाडेका विद्यार्थी लगायत पनि आजको बैठकको एजेण्डा रहेका छन् ।

  • ९ मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech