हडिया बाबा आश्रममा निःशुल्क आँखा तथा कान शिविर

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०८१, शनिबार

नेपालगन्जः सर्वसाधारणहरूका लागि गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा निःशुल्क आँखा तथा कान शिविरमा ५ सय २५ जना बिरामीहरु लाभान्वित भएका छन् ।.नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–४ मा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ मा रहेको श्री १००८ हडिया बाबा आश्रममा निःशुल्क आँखा तथा कानको परीक्षणका गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको हो ।

नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज फुल्टेक्राको संयुक्त सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो । गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा आयोजना गरिएका निःशुल्क आँखा तथा कानको शिविरमा ५ सय २५ जना मध्ये आँखा तर्फ ३ सय ८० जनाको जाँच गरिएको जस मध्ये १९ जनालाई फत्तेबाल आँखा अस्पतालमा रिफर गरिएको र कान तर्फ १ सय ४५ जनाको चेक जाँच गरिएको थियो ।

जसमध्ये १० जनालाई ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जमा रिफर गरिएको फाउण्डेसनका कोषाध्यक्ष बिजय कोरीले बताए । उक्त शिविरमा आँखा तर्फ फत्तेबाल आँखा अस्पतालका छन्छुलाल चौधरी, निशा गौतम, उमेर अहमद सादिक लगायतले सहयोग गरेका थिए भने कान तर्फ ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जका भिसन चौधरी, दामोदर चौधरी लगायतले प्राविधिकमा सहयोग गरेका थिए । यसैगरी फाउण्डेसनका अध्यक्ष मधु शाह, सचिव सुखराम ठाकुर, शिवम् गुप्ता, पाश्कल बिष्ट, शिवम् शाह लगायतको सहभागिता रहेको थियो ।

श्री १००८ हडिया बाबा मेलामा विभिन्न ठाउँबाट आएका साधु सन्त, भक्तजन तथा सर्वसाधारणहरूलाई मन्दिर परिसरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा तथा कानको शिविर आयोजना गरिएको गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनका संस्थापक प्रदीप शाहले बताए । उनले फाउण्डेशनले स्वास्थ्य तथा अन्य क्षेत्रमा पनि निःशुल्क नागरिकहरूलाई सेवा प्रदान गर्ने गरेको बताए । शिविरमा कान तथा आँखाका करिव ५ सय २५ जनाको आँखा तथा कानको चेकजाँच गरिएको थियो ।

ती मध्ये केहीलाई चश्मा र औैषधी निःशुल्क वितरण गरिएको फाउण्डेशनका संस्थापक प्रदीप शाहले जनाएका छन् । फाउण्डेशनले विभिन्न समयमा गरीब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखी निःशुल्क शिविर आयोजना गरिदैं आई रहेको छ ।

  • ८ मंसिर २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech