नेपालगन्जः सुर्खेत कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियुक्त भएका छन् ।
प्रदेशको मन्त्रिपरिषद् बैठकले डा. ढकाललाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । डा.ढकाल अस्पतालका प्रमुख कन्सल्ट्यान्ट गाइनोकोलोजिष्ट हुन् ।
निर्देशकका लागि सामाजिक विकास मन्त्रालयले अस्पतालमै कार्यरत डा.गणेश थापा र डा.ढकालको गरी दुई जनाको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।
जसमध्ये डा.ढकाललाई निर्देशकमा नियुक्त गरिएको हो । यसअघिका निर्देशक डा. डम्बर खड्काको अवकाश भएसँगै निर्देशक पद रिक्त थियो ।