नेपालगन्जः नेपालगन्जमा क्रियाशील पत्रकार नवीन गिरी पुरस्कृत भएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले शनिवार आफ्नो ३२ र ३३औं साधारणसभामा गिरीलाई उत्कृष्ट पत्रकारका रुपमा पुरस्कृत गरेको हो ।
पत्रकारिताका माध्यमबाट लामो समयदेखि बाँकेको आर्थिक एवम् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई नेपालगन्ज उद्योग बाणिज्य संघले उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको महासचिव भिम रानाभाटले बताए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता एवम् नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला एवम् कानुन मन्त्री आदेशकुमार अग्रवालको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन शत्रमा मन्त्री अग्रवालले गिरीलाई ११ हजार रुपैयाँसहित माला र दोसल्ला ओढाई सम्मान गरेका थिए ।
गिरी स्वास्थ्य पेज डटकममा प्रधान सम्पादक हुन् । उनी विगत दुई दशकदेखि सञ्चार कर्ममा क्रियाशील छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्नो साधारणसभामा कृष्णसार एफएममा कार्यरत पत्रकार कृष्णराज अधिकारीलाई पनि सम्मान गरेको छ ।