योनीबाट सेतो पानी बग्नु सामान्य हो वा कुनै रोगको सङ्केत ?

    • डा. मीना प्रधान / स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

  • १ मंसिर २०८१, शनिबार

महिलामा सेतो पानी बग्ने समस्या सामान्य हो । कहिलेकाहीं महिलाको स्वास्थ्यमा केही समस्या भए योनीबाट निस्कने तरल पदार्थको रङ, गन्ध र स्थिरतामा परिवर्तन हुनसक्छ । त्यस्ता परिवर्तन पनि सामान्य नै हुन्छन् ।

रजोनिवृत्तिपछि महिलाको शरीरमा एस्ट्रोजनको स्तर घट्छ । फलस्वरूप, योनीमा सुक्खापन हुन्छ । यस्तो अवस्थामा सेतो पानी बग्ने समस्या हुन्छ । के दिनहुँ सेतो पानी बग्नु सामान्य हो ? वा यो कुनै रोगको सङ्केत हो ?

महिलालाई दैनिक सेतो पानी बग्नु पनि सामान्य कुरा हो । एक दिनमा आधादेखि एक चम्चा सेतो पानी बग्न सक्छ । कहिलेकाहीं यो बाक्लो र गन्धहीन पनि हुन्छ । यद्यपि, केही महिलामा यसको स्थिरता पातलो र टाँसिने हुनसक्छ । जहाँसम्म यसको रङको सवाल छ, यो सेतो, स्पष्ट र सेतो रङको हुन्छ ।

सेतो स्राव हुनुमा धेरै कुरा जिम्मेवार हुन्छन् । विशेषगरी महिनावारी चक्र, गर्भावस्था जस्ता कारणले सेतो स्राव हुने गर्छ । ओवलियसनको समयमा महिलामा सेतो स्राव बाक्लो र भारी हुनसक्छ ।

कहिले चिकित्सककहाँ जाने ?

अत्यधिक डिस्चार्ज

यदि अचानक अत्यधिक सेतो स्राव हुन थालेमा त्यसलाई हल्का लिनु हुँदैन । फंगल संक्रमण, एकै समयमा रजोनिवृत्तिको लक्षण जस्ता समस्या पनि देख्न सकिन्छ । अत्यधिक डिस्चार्ज पनि कुनै रोगको लक्षण हुन सक्छ ।

डिस्चार्जसँगै चिलाउने समस्या

यदि सेतो डिस्चार्ज हुनुका साथै चिलाउने र जलन जस्ता समस्या हुन थाल्छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यो संक्रमण वा अन्य यौन समस्याको कारण हुनसक्छ । योनीमा राम्रो र नराम्रो दुवै ब्याक्टेरिया हुन्छन् । यदि उनीहरूको आपसी सन्तुलन बिग्रियो भने यस्तो अवस्थामा पनि सेतो पानी बग्ने, चिलाउने र जलन हुने समस्या सुरु हुन्छ । सेतो पानी दही जस्तो बाक्लो, हरियो कलरको र एकदमै धेरै गन्हाउने आयो भने त्यो पनि असामान्य हो ।

पेट दुख्ने

डिस्चार्जसँगै पेट दुख्ने समस्या भएमा यो राम्रो होइन । यस्तो समस्या देखिएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ । यस प्रकारको समस्या संक्रमण, यौनजन्य रोग, पिल्भिक इन्फ्लेमेटरी डिजिज आदिका कारण हुने गर्छ ।

उपचार

सेतो डिस्चार्ज सामान्य समस्या हो । तर सेतो डिस्चार्जको रङ, गन्ध र स्थिरता फरक हुनसक्छ । तसर्थ, यदि यसमा अचानक परिवर्तन देख्नुभयो भने चिकित्सकलाई भेट्नु उचित हुन्छ । धेरै सेतो पानी बग्ने मुख्य कारण फंगल र कीटाणुको सङ्क्रमणका कारण हुन्छ । त्यसैले सबैभन्दा पहिले त के कारणले सेतो पानी बगेको त्यो कुरा पत्ता लगाउनुपर्छ ।

कीटाणुको कारणले संक्रमण भएको छ भने एन्टिबायोटिक दिएर यसको उपचार गरिन्छ । फंगलको कारण यस्तो समस्या भएको हो भने चाहिं एन्टिफङ्गल उपचार गरिन्छ ।

ध्यान दिनुपर्ने कुरा

समयमा नै वास्ता गरेन भनेपछि गएर पाठेघरको वरिपरि घाउ हुने र पछि त्यही घाउबाट पाठेघरको क्यान्सर समेत हुने सम्भावना हुन्छ । त्यसैले सबै महिलाले समय-समयमा आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । वर्षमा एक पटक आफ्नो स्वास्थ्य जाँच गराइ चिकित्सकलाई देखाउनुपर्छ ।

  • १ मंसिर २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech