राष्ट्रसंघले भन्यो – तीन दशकमा डायबिटीजका बिरामी चार गुणा वृद्धि

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०८१, शुक्रबार

नेपालगन्जः संयुक्त राष्ट्रसंघ समर्थित एक अध्ययनले तीन दशकको अवधिमा विश्वमा मधुमेह (डायबिटिज)का बिरामी चार गुणाले बढेको पत्ता लागेको छ । यसबाट विश्वका ८० करोड वयस्क पीडित भएको समेत पाइएको छ ।

१४ नोभेम्बरमा मनाइने विश्व मधुमेह दिवसको अवसरमा लनसेन्ट जर्नलमा सार्वजनिक रिपोर्टमा १९९० देखि हालसम्मको अवधिमा मधुमेहका बिरामी चार गुणाले बढेको उल्लेख छ ।

मधुमेह रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनु हो । त्यसैले कतिपयले मधुमेहलाई चिनी रोग पनि भन्ने गर्दछन् । चिकित्सकहरुका अनुसार इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुन जान्छ ।

इन्सुलिनले चिनी अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।

मधुमेह अर्थात् डायबिटिजका विभिन्न प्रकारहरु हुन्छन् । विश्वमा सबैभन्दा धेरै बिरामी ‘टाइप टु’ डायबिटिजका छन् । चिन्ताको विषय त यो छ कि असन्तुलित खानपान र जीवनशैलीका कारण वयस्क व्यक्तिहरुमा पनि डायबिटिजको समस्या देखिएको छ । ल्यानसेट जर्नलमा प्रकाशित रिपोर्ट अनुसार सन् १९९० देखि २०२२ को बीचमा ७ प्रतिशतबाट बढेर १४ प्रतिशत वयस्क व्यक्तिमा डायबिटिजको समस्या देखिएको छ ।

  • ३० कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech