आज विश्व मधुमेह दिवस । मधुमेह रोगबाट जोगिन अपनाउनुपर्ने सावधानी र सचेतनाका कार्यक्रम आयोजना गरी मनाइँदैछ । जीवनयापनमा आइरहेको परिवर्तन, विलासी जीवनशैली तथा भौतिक मिहिनेतको कमीले अहिले मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन् । मधुमेहको बढ्दो जोखिम, अपनाउनु पर्ने सावधानी लगायतका विषयमा केन्द्रीत रहेर स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकाल र समिरमान श्रेष्ठले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेसँग कुराकानी गरेका छन् ।
मधुमेह रोग के हो ?
मधुमेह अर्थात डाइबेटिजलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । यो प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन्छ । इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ ।
के कारणले हुन्छ मधुमेह ?
बंशजको आधार अर्थात परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने एउटा कारण हुन सक्छ । अर्को भनेको जीवनशैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो ।
हाम्रा लागि चुनौतिपूर्ण बनेको टाइप टु डाइबेटिज हो । यो खानपान र जीवनशैलीसँग सम्वन्धीत छ । किशोरावस्थामा पनि बढी तौल र निष्क्रिय जीवनशैली भएका व्यक्तिमा यो चुनौतिपूर्ण बनेको छ ।
मधुमेह कति प्रकारका हुन्छन् ?
मधुमेह मुख्यतया टाइप वान, टाइप टु र जेस्टेसनल मधुमेह गरी तीन प्रकारका हुन्छन् । टाइप वान मधुमेह भनेकोे सामान्यतया बालबालिकामा हुने गर्छ । जहा इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । टाइप टु मधुमेह विश्वमा भएका मधुमेह मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र शरीरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् । हाम्रा लागि चुनौतिपूर्ण बनेको टाइप टु डाइबेटिज हो । यो खानपान र जीवनशैलीसँग सम्वन्धीत छ । किशोरावस्थामा पनि बढी तौल र निष्क्रिय जीवनशैली भएका व्यक्तिमा यो चुनौतिपूर्ण बनेको छ । जेस्टेसनल मधुमेह गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ ।
झण्डै ९० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् । पिसाव लाग्ने, पानी प्यास लाग्ने, खान बढी मन लाग्ने जस्ता जुन प्रमुख लक्षण भन्छौं १० प्रतिशत जसोमा मात्र हुन्छ । मधुमेह पहिचान गर्नका लागि रगत जाँच नै आवश्यक हुन्छ । त्यसैले हरेक स्वस्थ मानिसले बर्षको एक पटक रुटिन टेष्ट गराउनुपर्छ ।
मधुमेहको पहिचान कसरी हुन्छ ?
अहिलेसम्म हामीले बुझ्दै आएको, पढ्दै आएको र पढाउँदै आएको के हो भने मधुमेह मोटो शरीर भएका व्यक्तिलाई हुन्छ । मधुमेहको बिरामीमा मोटोपना घट्दै जान्छ । मधुमेह भएका बिरामीलाई पिसाव बढी लाग्छ । बढी भोग लाग्छ । हामीले पढेको र पढाउँदै आएको यही नै हो । तर यसलेमात्रै मधुमेहको पहिचान सम्भव हुदैन । झण्डै ९० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् । पिसाव लाग्ने, पानी प्यास लाग्ने, खान बढी मन लाग्ने जस्ता जुन प्रमुख लक्षण भन्छौं १० प्रतिशत जसोमा मात्र हुन्छ । मधुमेह पहिचान गर्नका लागि रगत जाँच नै आवश्यक हुन्छ । त्यसैले हरेक स्वस्थ मानिसले बर्षको एक पटक रुटिन टेष्ट गराउनुपर्छ । हरेक व्यक्तिले ४० बर्षको उमेर कटेपछि बर्षमा एक पटक अनिवार्य मधुमेहको जाँच गराउनै पर्छ ।
मधुमेह रोगको अवस्था अहिले भयावह नै छ त ?
एकदमै । विश्वमा अहिले मृत्युको कारण मध्ये मधुमेह सातौं कारक मध्येमा पर्छ । मृत्युको पहिलो कारण ह्दयघात दोस्रो कारण मस्तिष्कघात हो । यी दुवैको पनि प्रमुख कारण मधुमेह र प्रेसर बनेको छ । त्यसैले मधुमेहले आफैले गर्ने समस्या पनि छन् र यसले अरु रोगहरु निम्त्याएर गर्ने समस्या पनि छन् ।
मधुमेह आफैले मानिसको ज्यान नलिएपनि कारक चाही बन्दो रहिछ हैन ?
हैन । उपचार गरिएन भने मधुमेहले ज्यानै लिन्छ । सुगर एकदमै हाइ भयो भने वेहोस भएर मान्छेको ज्यान जान सक्छ । यसले अरु रोगहरु ह्दयघात, मस्तिष्कघात, मिर्गौला फेल हुने जोखिम बढाएर मृत्यु गराउन सक्छ ।
आजकल बच्चाहरू धेरै समय कोठाभित्र र मोबाईल, टिभीमा बिताउँछन् । खाना बढी खाने तर शारीरिक क्रियाकलाप नगर्दा इन्सुलिनले काम गर्ने क्षमतामा कमी आउछ । अनी मधुमेह देखा पर्छ ।
मधुमेहले निम्त्याउने समस्या के हुन् ?
मधुमेहले विभिन्न खाले स्वास्थ्य समस्या निम्त्याउन सक्छ । माथि धेरै कुराहरु उल्लेख गरिसकेको छु । मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । रगतमा भएको अध्यधिक ग्लुकोजले आँखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुराउने गर्छ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुराउन सक्छ । मधुमेहका रोगीमा मिर्गौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ ।
किन बढ्दै छ युवाहरुमा मधुमेह ?
पहिले–पहिले चालिस वर्ष पछि मधुमेह हुन्छ भन्ने गरिन्थ्यो । आजकल अवस्था त्यस्तो छैन । कोही १५-१६ वर्षको बच्चामा पनि शारीरिक क्रियाकलाप कम गर्ने, मोटोपन बढी भएका, बढी खाने छ भने मधुमेह हो की भनेर शंका गर्नुपर्ने अवस्था छ । अहिले हामीले शरीरको आवश्यकता भन्दा बढी खाइरहेका छौँ र हाम्रो बच्चाहरुलाई पनि आवश्यकता भन्दा बढी खुवाई रहेका छौँ। तर खाए अनुसार शारीरिक क्रियाकलाप छैन । आजकल बच्चाहरू धेरै समय कोठाभित्र र मोबाईल, टिभीमा बिताउँछन् । खाना बढी खाने तर शारीरिक क्रियाकलाप नगर्दा इन्सुलिनले काम गर्ने क्षमतामा कमी आउछ । अनी मधुमेह देखा पर्छ । पछिल्लो पुस्तामा बदलिदो जीवनशैलीको कारणले मधुमेह बढी रहेको छ ।
के मधुमेह रोक्न सकिन्छ ?
सकिन्छ । जीवनचक्रमा आधारित रोकथामको उपाय अवलम्वन गर्नुपर्छ । जस्तै केटाकेटीको विहेवारी भयो । मोटोपना छ भने मोटोपना घटाएरमात्रै बच्चाबच्ची पाउने योजना बनाउनु पर्छ । गर्भवतीमा मधुमेह छ छैन त्यसको जाँच गर्नु पर्छ । बच्चाबच्चीलाई जङफुड खुवाउनु नै भएन् । मधुमेह हुनबाट बच्न सबैले आ–आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने, शारीरिक क्रियाकलाप गर्ने गर्नुपर्छ । स्वास्थ्यकर खानेकुरा खाने र जीवनशैली सक्रिय बनाउने हो भने मधुमेह रोक्न सकिन्छ ।